संगालोखबर


विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठन गर्ने प्रक्रिया असंवैधानिक भएको दावी गर्दै परेको रिट सर्वोच्च अदालतमा आज दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले उक्त रिट दायर गरेका हुन् ।

केन्द्रमा राजनीतिक गठबन्धन फेरिएसँगै प्रदेश सरकार परिवर्तन हुने अवस्था आएको थियो । एमाले र माओवादीले कार्कीलाई दिएको समर्थन फिर्ता लिँदै नयाँ सरकार गठन गर्ने पहलस्वरुप प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित गराएका थिए ।

Advertisement

प्रदेश प्रमुख पर्शुराम खापुङले गएराति नयाँ मुख्यमन्त्रीमा दावी गर्न आह्वान गरेका थिए । कार्कीले उक्त प्रक्रिया असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्दै कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

यता, प्रदेश प्रमुखको आह्वानपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले एमाले र माओवादीका गरी प्रदेशसभाका ५२ जना सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा आजै दावी प्रस्तुत गरेका थिए ।

प्रदेश प्रमुख खापुङले समर्थन गर्ने सांसदहरुको हस्ताक्षर सनाखत गरी हिक्मतकुमारलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । उनको आजै साँझ शपथ ग्रहण हुने भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!