यो त तिम्ले ल्याईदिएको स्मार्टफोनको कमाल हो (कविता)
खेतका गह्रा नाङ्गै बसेका छन्
यो त रेमिट्यान्स्को कमाल हो
मेलापात हाटबजार रोधीघर निदाएका छन
यो त पश्चिमा संस्कृतिको कमाल हो
तिमी आफ्नो संस्कार बिर्सिएर नाङ्गीएको
तिम्रा सन्तान बेसुरे भएपछि थाहा हुनेछ
अर्मपर्म अैचोपैचो कता हराए
यो त आईएनजिओहरुको डलरको कमाल हो
हाकपारे रोधीघर सुस्ताएका छन्
सारङ्गी मादल बासुरी डाईनोसर हुदैछन
पाटीपौवा चौतारी वनजङ्गल सुनसान बनीसके
बरु रोधी गित गजलमा...



























