- संगालोखबर सम्वाददाता

मोरङ । मोरङको बेलबारीमा व्यङ्ग्य निबन्ध संग्रह मुखास्त्र लोकार्पण गरिएको छ । व्यङ्ग्य निबन्धकार भैरव अर्यालको ४५ औं स्मृतिको अवसरमा एक कार्यक्रमकाबीच मुखास्त्र लोकार्पण गरिएको हो । साहित्यकार इरान राईबाट सम्पादन गरिएको मुखास्त्रलाई छावा प्रकाशन बेलबारीले बजारमा ल्याएको हो ।

Advertisement

पुस्तकको भैरव अर्याल पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरे, साहित्यकार तथा अन्वेषक अनिल पौडेल, प्राज्ञ नरनाथ लुइटेल, सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी लगायतले संयुक्त रुपमा विमोचन गरे । उक्त कृतिमा प्रदेश नं.१ का सबै जिल्लाका साहित्यकारको प्रतिनिधित्व हुनेगरी ३३ व्यङ्ग्य निबन्ध समावेश गरिएको कृतिका सम्पादक राईले जानकारी दिए ।

कार्यक्रममा स्रष्टाहरु मिश्र बैजयन्ती, टीका आत्रेय, प्रेम ओझा, देवी पन्थी, हरि कट्टेल, हर्कमान तामाङ, मधु गुरुङ, रमेशकुमार लामा, तिला लेकाली, रमेशचन्द्र अधिकारी, हिरा खड्का, शीतल राय, भानु सोनाली गुरुङ, लक्ष्मी सुवेदी लगायतले रचना वाचन गरेका थिए । भैरव अर्याल पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेले अर्याल र बेलबारीका सर्जक स्व.पुण्य सुवेदीका बारेमा संस्मरण प्रस्तुत गरे ।

व्यङ्ग्य संग्रहमा समावेश निबन्धकारबारे साहित्यकार आचार्य, लालकुमार श्रेष्ठ, मिश्र बैजयन्ती, डा.मोहन तुम्बाहाङ, शरण राई, हर्कमान तामाङ, लक्ष्मण गाम्नाङ्गे लगायतले धारणा राखेका थिए । छावा प्रकाशनका अध्यक्ष रेखा सुवेदी र कलाकार जेबी थुलुङले कार्यक्रमको समिक्षा गरेका थिए । भाषा साहित्य क्षेत्रमा योगदान पुर्याउने डम्बर विकेललाई उक्त अवसरमा सम्मान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!