संगालोखबर
फाइल तस्बिर ।

विराटनगर । विभिन्न खालका विपदबाट क्षति भएका नागरिकको घर पुनःनिर्माणका लागि सरकारले राहत अनुदान दिने भएको छ । भूकम्प, आगलागी र मनसुनजन्य विपदबाट क्षति भएकाहरुलाई मात्रै अनुदान दिने व्यवस्था रहेकामा अबदेखि अरु खालका विपदमा क्षति भएकालाई पनि अनुदान दिइने भएको हो ।

यसका लागि सरकारले सबै प्रकारका विपदबाट हुने आवासको क्षतिमा घर पुनःनिर्माणका लागि अनुदान दिने कार्यविधि पारित गरेको जनाइएको छ ।

Advertisement

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जिल्लाको वर्गीकरणअनुसार सरकारले अनुदान रकम दिने जानकारी दिएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यो जानकारी दिएका हुन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको वैशाख ३ को बैठकले पारित गरेको कार्यविधि अनुसार जिल्लाको वर्गीकरणबमोजिम लाभग्राहीले चार, पाँच र छ लाख रुपैयाँ तीन किस्तामा अनुदान पाउनेछन् ।

कार्यविधिमा काठ खरिदमा सरकारी मूल्यको ९० प्रतिशत छुट र आवास निर्माण गर्न नसक्ने विपन्न, सङ्कटासन्न र अपाङ्गता भएका परिवारलाई अनुदान रकममा ५० हजार रुपैयाँ थप हुने व्यवस्था पनि छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!