आमा आज तिम्रो मुहार हेर्ने दिन
तिम्रो दुःख होइन सुख हेर्ने दिन ।

Advertisement

लहर नै चलेको छ आमा
सन्तानहरूले यहाँ देश छोड्ने,
जिउँदै फर्किए ठिकै थियो, बाकसमा आउँछन्
आमा को छ र यहाँ कसले देख्ने ।

वृद्धाश्रम हुँदैछ दिनदिनै आमा
तिम्रो आफ्नो जन्म दिने देश,
लास ढल्दा उठाउनलाई
विदेशी सन्तानहरू पर्खँदैंछ आमा
कस्तो भयो विचित्रको यो परिवेश ।

डाँडामाथिको जुन–घाम तिमी
कतिखेर के हुन्छ आमा पीडा कसलाई भन्ने,
सत्तामा मस्त नेताहरूले नै आज
खै के बनाए आमा युवा नभएको देश ।

बेरोजगारी समस्याले नै आमा
तिमी अनि मलाई छुट्याएको छ,
मरे, बाँचे दैवले साँचे आमा
आउँदो मातातीर्थ औँसीमा भेटौँला ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!