सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा शुक्रबार काव्य गोष्ठी सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ प्रदेश नं.–१ को सचिवालय बैठकको अवसर पारेर प्रगतिशील लेखक संघ धनकुटाले गोष्ठी आयोजना गरेको हो ।

Advertisement

गोष्ठीमा प्रदेश १ का कवि तथा साहित्यकारहरु सहभागि थिए । उनीहरुले गोष्ठीमा आ–आफ्नो रचना प्रस्तुत गरे । प्रगतिशील लेखक संघ प्रदेश–१ का अध्यक्ष डा.देवी क्षेत्री दुलाल, धनकुटा अध्यक्ष रमेशचन्द्र अधिकारी, कवि राजेन्द्र सर्वाहारा, माधव पोख्रल, बिन्दु दाहाल, कवियात्री तिला लेकाली, डा. खेमराज खनाल, राजेन्द्र संग्रौला, केजी सुब्बा, मुकुन्द प्रयास, गिता अधिकारी, प्रज्वल पुकार, द्वारीकाप्रसाद रिजाल, ठगिनकुमार राई लगायतले रचना प्रस्तुत गरे ।

त्यस्तै, तामाङ्ग पत्रकार संघका अग्रज सन्तबीर लामाले आफ्नो संस्कृति झल्काउने डम्फु बजाएर सेलो प्रस्तुत गरेका थिए । कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेत, दिनेश थापा र तिलक प्रसाद राई लगायतले शुभकामना व्यक्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!