- सरिता भट्टराई नेपाल
सरिता भट्टराई नेपाल, विराटनगर– ४

शिकारीले दिनभर भौंतारिदा पनि आफूले भने जस्तो शिकार भेटाउन सकेको थिएन । ऊ थकित भई खोलाको किनारमा बसिरहेको थियो । ऊ खोला वारिबाट पारितर्फ जाने विचार गर्दै थियो । त्यति नै बेला एउटा बुढो बाख्रो लरखराउँदै नजिकै आयो र बस्यो । शिकारीले मुन्टो बटार्दै हेर्यो । आहा ! आज पनि राम्रै शिकार फेला पर्यो, धन्य प्रभु तिम्रो लिला अपरम्पार भन्दै मनमनै निकै खुसी भयो ।

शिकारीले उसलाई राम्रोसँग नियालेर हेर्यो उसका आँखाबाट आँशु झरिरहेका थिए । शिकारीलाई अचानक बुढो बाख्रोप्रति अती करुणा भएर आयो र उसलाई सुम्सुम्यायो अनि इशारा गर्यो तिमी पनि खोलापारी जाने हो ? उसले दुबै कान हल्लायो । शिकारीले उसलाई सहयोग गर्ने विचार गर्यो । बुढो बाख्रोलाई बोकेर सकि नसकी खोलापारी तार्यो । बाख्रो दौडदै आफ्नो पुरानो खोरमा गई बस्यो ।

Advertisement

शिकारी पनि उसको पछि–पछि लाग्यो र हेर्यो । बुढो बाख्रो उघ्राइ उसका पाठापाठीलाई दुध चुसाइरहेको थियो । त्यति नै बेला खोर मालिक पनि अपरिचित मानिस को रहेछ भनी बाहिर आयो र सोधपुछ गर्यो ।

शिकारीले आफ्नो सबै कुरा सुनायो । खोर मालिकले भन्यो यो बाख्रोलाई मैले बुढो भयो भनि पारी गाउँमा बेचेको थिएँ । ऊ आफ्नो पुरानो खोर र आफ्ना पाठापाठी भुल्न नसकेर आउन सफल भएछ । यो बाख्रो मेरी मामाघरकी हजुरआमाले आमालाई दिनुभएको थियो । उहाँहरु दुबै स्वर्गवास हुनुभयो । मैले यसलाई बेच्नु हुँदैनथ्यो । सबैलाई सन्तानको माया उस्तै हुँदोरहेछ, तपाईंलाई धन्यवाद भन्यो । शिकारी पनि अब कहिल्यै शिकार नगर्ने अरू नै काम गर्ने अठोटका साथ आफ्नो बाटो लाग्यो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!