
बिक्रम सम्वत २०३७ असार २१ थियो गते
जिल्ला धनकुटा, गाउँ थियो कचिँडे
पिता हुन, श्री कृष्ण बहादुर, माता थिइन् आशादेवी
प्रथम सन्तानका रुपमा पैदा भइन् झमक कुमारी
मनमा पीडाको खेती गर्दै, रूँदै-रुँदै बस्थिन्
भाइ, बहिनी, साथीसंगी पढ्न जाँदा धैर्यताको सीमा छोड्थिन्
असक्त भएपनि अद्भूत प्रतिभा थियो उनमा
त्यही माला उन्दै-उन्दै दृढता भयो मनमा
गोडाका बुढी र चोरी औँला थिए साथमा ।
मसी बन्यो रातमा परेको शीतको थोपा-थोपा बन्यो पातमा
कापी बने ढुङ्गा, माटो, कलम थ्यो खुट्टा
साधना सफल भई शब्द बनेथ्यो कलम
जीवन काँडा की फूल उनको, पहिलो संग्रह थियो
कष्टपूर्ण बाल्य जीवन, अक्षर चिन्ने संघर्ष थियो
सामाजिक सँस्कार, खराब पक्षहरु पर्दाफास गरिन्
आफ्ना जीवनका अनुभूतिहरु वर्णन जो गरिन्
कविता, कथा, निबन्ध कृतिहरु थिए अनेक
नहिँड्न सक्ने, न बोल्न सक्ने बागदेवी भईन् आज
कमजोर भए पनि, बिचार, भावना थिए अनेक
काँडै, काँडा बिच फुलेकी एक सुन्दर फूल हुन् आज