संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा रामायण वाचन कार्यक्रम गरिएको छ । आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको अवसर पारेर सल्लेरी साहित्य संगमले कार्यक्रम गरेको हो ।

Advertisement

कार्यक्रममा सहभागि अधिकांशले रामायण वाचन गरे, केहीले आफ्ना स्वतन्त्र सिर्जना पनि प्रस्तुत गरेका थिए । उनीहरूले समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा देखिएको विसंगति विरुद्ध कविता मार्फत खबरदारी गरे ।

गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयका अध्यक्षसमेत रहेका कवि घनश्याम बरालले भानुभक्तबाट रचित रामायणका श्लोक र आफ्नो स्वतन्त्र सिर्जन वाचन गरे । सल्लेरी साहित्य संगमका अध्यक्ष रमेशचन्द्र अधिकारीले भानु के भनुँ यहाँको हाल वेहाल छ भन्दै समय सान्दर्भिक गजल र रामायणका श्लोक वाचन गरे ।

झमक घिमिरे साहित्य कला प्रतिष्ठानका सदस्य मुकुन्द प्रयासले भानुभक्तहरु शीर्षकको कविता वाचन गरे भने कवि निर्मला कुँवरले पाँच मुक्तक वाचन गरिन् । प्रगतिशील लेखक संघका प्रदेश सदस्य अनिल सुवेदीले दाश एक मनुष्य शीर्षकको कविता सुनाए ।

सहप्राध्यापक डा.यज्ञप्रसाद गुरागाँईले भानुभक्तको व्यक्तित्व र कृतित्वको विषयमा जानकारी गराए । सो अवसरमा सावित्री अधिकारी, मञ्जु गुरागाईँ, लक्ष्मी अधिकारी, द्रोणप्रसाद गुरागाईँ, सन्तवीर लामा लगायतले पनि सिर्जना वाचन गरेका थिए ।

यता, भानु जयन्ती कै अवसरमा धनकुटा बहुमुखी क्याम्पसमा प्रतियोगितात्मक कवि गोष्ठी आयोजना गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!