आरोग्य सुवेदी
आरोग्य सुवेदी

शिक्षा हो धनको श्रेष्ठ
भविष्य बनाइदिने।
शिक्षा हो चम्किलो ज्योति
आँखा प्रष्ट खुलाउने।।
शिक्षाले चरित्र साथै ,
राम्रा काम सिकाउँछ ,
नराम्रा कुलत फाली
असल मान्छे बनाउँछ।
शिक्षा हो भाग्यको रेखा
लक्ष्यमा पुर्याइदिने
शिक्षा हो डाक्टर पाइलट
वैज्ञानिक बनाउने ।।
शिक्षा आर्जनमा लागौँ
सच्चा मान्छे हुने भए
स्वदेश विदेशमा राम्रो
नाम कमाउने भए।।
शिक्षाले बासना दिन्छ,
विश्वमै मगमगाउने ।
आफू मरे पनि नाम,
अमर बनाइदिने ।।

आरोग्य सुवेदी
कक्षा -५
पाथिभरा माध्यमिक विद्यालय, इटहरी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!