बिएन ढकालका तीन कविता
आजको मान्छे
विज्ञानको कोखबाट जन्मिएर पनि
आजको मान्छे ढुङ्गेयुगतिर फिर्छ
कामुक युवतीको पोस्टर झैँ
आफ्नो परिचय सडकका भित्ता–भित्तामा टाँस्छ
अर्धाङ्गीनी झैँ हिँड्छ र इमान कमाउँछ
र मान्छेले मान्छेलाई भन्छ– ‘म भगवानको पूजा गर्छु !’
बुद्धको सालिक जलाएर शान्तिको साधना गर्छ !
कानूनको धज्जी उडाएर न्यायको प्रार्थना गर्छ ।
र, मन्दिरको देउतालाई फूलपाती चढाएर
आजको मान्छेले भन्छ– ‘भगवान् म तिम...































