पत्रकार एवं कवि मीनकुमार नवोदित सम्मानित
विराटनगर । विराटनगरका सक्रिय पत्रकार एवं कवि मीनकुमार नवोदित ‘दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मान-२०८१’ बाट सम्मानित भएका छन् ।
विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा सङ्खुवासभाको मकालु गाउँपालिकाले नुमबजारमा आयोजना भएको चारदिने भव्य समारोहमा नवोदित सम्मानित भएका हुन् ।
विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारिता क्षेत्रमा सक्रि...































