संगालोखबर

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री बन्नका लागि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दावी पेश गरेका छन् । एमाले र माओवादी केन्द्रका सहित गरी ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित उनले आज दावी पेश गरेका हुन् ।

Advertisement

संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दावी पेश गरेका छन् ।

प्रदेश प्रमुख खापुङले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न गएराति आह्वान गरेका थिए । माओवादी केन्द्र र एमालेका ५२ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता गरेको ३० दिन पूरा भएको हुँदा पनि हालका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएपछि सरकार फेरिने अवस्था आएको हो ।

एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि लिने र राजीनामा पनि नदिने बताएका थिए । एमाले र माओवादीले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गराएर समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रस्ताव वैशाख ७ गते पारित गराएका थिए ।

२०८० असोज २७ गते केदार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेसका ८ सांसदसहित विद्रोह गरेका उनलाई एमालेका ३९ सांसदले समर्थन गरेका थिए ।

यसैबीच, हालका मुख्यमन्त्री कार्की प्रदेश प्रमुखले असंवैधानिक कदम चालेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा अदालत रिट निवेदन दिन काठमाडौं पुगेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!