पाख्रिबास कला साहित्य समाजको अध्यक्षमा भण्डारी

धनकुटा । पाख्रिबास कला साहित्य समाजको अध्यक्षमा प्रेम भण्डारी निर्वाचित भएका छन् । समाजको दोस्रो साधारण सभाले भण्डारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा अनन्त अनुराग, सचिबमा ध्रुब एलेक्स र कोषाध्यक्षमा इन्दु केसी चयन भएका छन् । सदस्यहरूमा ईश्वर दाहाल र रोजा घिमिरे चयन भएका छन् । संरक्षकमा रोशन परियार र सल्लाहकारमा मुकुन्द प्रयास, ओम प्रकाश निरौला र सन्तोष मानन्धरलाई चयन गरिएको छ ।

यसैबीच, पाख्रिबास कला साहित्य समाजले कवि तथा साहित्यकार प्रज्वल पुकारको एकल कविता वाचन कार्यक्रम गरेको छ । कार्यक्रममा कवि पुकारले ७ वटा कविता वाचन गरेका थिए ।

error: Content is protected !!