सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा जारी १६ औँ संस्करणको शहीद भीमनारायण गोल्डकप अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जागृति क्लब सुनसरी र सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं भिड्दै छन् ।

Advertisement

धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ बजेपछि यी दुई टिम प्रतिस्पर्धामा उत्रने छन् । मोरङको फोरस्टार युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै एपीएफ सेमिफाइनलसम्म आइपुगेको हो ।

त्यस्तै, बुटबल लुम्बिनी फुटबल क्लब बुटबललाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै राष्ट्रिय जागृति फुटबल क्लब अन्तिम चारमा पुग्न सफल भएको थियो । भोलि शुक्रबार हुने दोस्रो सेमिफाइनल खेलमा झापाको बिर्तामोड युनाइटेड क्लब झापा र आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानको टिमबीच प्रतिस्पर्धा हुनेछ ।

विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौंलाई १–० गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको हो । त्यस्तै, सल्हेस युथ क्लब सिरहालाई १–० गोल अन्तरले हराउँदै आयोजक टिम अन्तिम चारमा पुग्न सफल भएको हो ।

यी दुवै सेमिफाइनल खेलका विजेताबीच फाइनल खेल आगामी शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!