
विराटनगर । कोशी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आगामी जेठ २८ र २९ गते खल्ला कविता प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
देशका कुनैपनि स्थानबाट प्रतियोगितामा जेठ २४ गतेसम्ममा कविता पठाउन आयोजकले आव्हान गरेको थियो । उक्त आव्हान अनुसार ५१ जनाले कविता प्रतियोगिताका लागि आवेदन दिएको कार्यक्रम संयोजक भरत गुरागाईं बर्बरिकले जानकारी दिए । प्रतियोगितामा सबैले सहभागी हुन पाउने उनको भनाइ छ ।
मोरङको ग्रामथानस्थित झोराहाट नाटकघरमा हुने प्रतियोगिताका प्रथमलाई १२ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ७ हजार र सान्त्वना पुरस्कार दुई जनालाई जनही २ हजार ५ सय रुपैयाँका दरले प्रमाण पत्रसहित उपलब्ध गराइने आयोजकले जनाएको छ ।