
मागी विवाहको लागि केटा केटी देखभेट गरी एकआपसको मन्जुरीपछि पहिलो पटकको सम्पर्कमा जुनले आलोक लाई भनी, ‘हजुर म सँग बिहे गर्ने हो ? वेड्डिङ गिफ्टमा के दिनु हुन्छ स्पेसल मलाई’ ?
के चाहिन्छ भनन म दिन्छु नी , आलोक ले भन्यो ।
खुसीसाथ जुनले भनी’ डायमन्ड रिङ्ग’ दिनु हुन्छ मलाई ?
आफ्नो मोबाइल म तिर फर्काउदै, टिकटकमा डायमन्ड रिङ्गको विज्ञापनको भिडियो देखाउदै जुनले भनी, यो हेर्नुस् त डायमन्ड रिङ्ग कति राम्रो छ । यो डायमन्ड रिङ्ग दिनुस् है हजुरले मलाई ।
मैले आफ्नो सबै साथीहरूलाई हाम्रो बिहेमा डायमन्ड रिङ्ग लगाउँछु भनिसकेको छु । हजुरले किनेर दिनुस् है मलाई। जुनले एक सासमै आफ्नो कुरा भनेर सकी।
जुनको कुराले आलोक गम्भिर भयो र टोलाउन थाल्यो । छिट्टै उसको मुखबाट कुनै शब्द नै निस्किन सकेन । केही बेरको मौनतापछि फेरी जुनले सोधि, ‘ कता हराउनु भएको हो ? किन टोलाउनु भएको ? के सोच्न थाल्नु भयो ? कि डायमन्ड रिङ्ग पो मागी भनेर रिसाएर नबोल्नु भएको हो कि ?
जुनको कुराले अलिकति अफ्ठेरो महसुस गर्दै आलोकले भन्यो, ‘छैन रिसाएको त । तर डायमन्ड रिङ्ग त दिन सकिदैन होला जुन । डायमन्ड रिङ्ग त मेरो मात्रै होइन, हाम्रो परिवारको नै क्षमता भन्दा बाहिरको कुरा हो ।‘
के दिनु हुन्छ त मलाई गिफ्ट भन्नुस् न त ? फेमेलीको तर्फ बाट दिने कुराहरू त छँदै छन्, हजुरले चाही मलाई, आफ्नो हुने वाला श्रीमती लाई के दिन्छु भनेर बिचार गर्नु भएको छ ? जुनले फेरी आलोक लाई प्रश्न गरी ।
आलोक प्रश्नको के उत्तर दिने होला, कस्तो उत्तर दिने होला भनेर अलमलमा परिरह्यो । आफ्नो हैसियत भन्दा माथिको कुरा माग गरेपछि आलोक लाई अवस्था सम्हाल्नै गार्ह्यो पर्यो ।
एकैछिनमा आलोकले जुनलाई भन्यो, जुन तिमीसँग एउटा सल्लाह गर्नुथ्यो ।
जुनले भनि, भन्नुस् न के कुरा हो ?
आलोकले भन्यो, ‘हामी छ नि हाम्रो बिहेमा सुनको गहना एउटा पनि प्रयोग नगरी, डुप्लिकेट सुन (नक्कली सुन) को गहना प्रयोग गरौँ न हुँदैन ?’
आलोकको प्रश्न सकिन नपाउँदै जुनले भनी “नक्कली सुन पो ? तेसो भए तपाईं मसँग हैन डमी सँग बिहे गर्नुस् है ।”