गोबिन्दराज ओझा
गोबिन्दराज ओझा (राजन), दिपायल सिलगढी नगरपालिका–२ दिपायल, डोटी

यो दिलमा राज गर्यौ मेरो मन रमायो
आशा गरेर भए पनि जिन्दगी चलिरह्यो
यि नयनले एकपल्ट तिमीलाई हेर्नुपर्यो
यो खुसी, यो उमङ्ग मेरो मन डुलिरह्यो

समीपमै रहु लाग्छ मलाई यो जिन्दगीमा
तिमी नै हौ मेरो भन्नु यो जगतमा
रमाइ रह्यो मेरो मन खुसि नै खुसीमा
भन्नुपर्ने धेरै कुरा थियो केही बोल्छु यो समयमा

Advertisement

खोज्दै हिड्छु तिम्रो याद आई सम्झना बस्दा
आफ्नो मान्छे तिमी मेरो मनको चाहनामा रहँदा
तिमीसँग रोकिए म कुन्नि के भएछ
मेरो दिलमा पनि तिम्रो लागि माया रहेछ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!