मोहन ढकाल/संगालोखबर

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ ग्रहण गराएका हुन् ।

Advertisement

आफूले शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री कार्कीले दुईजना मन्त्री नियुक्त गरेका छन् । माओवादीका गणेश उप्रेती र एमालेका रामबहादुर मगरलाई उनले मन्त्री नियुक्त गरेका हुन् । उनीहरुका लागि हाल मन्त्रालय तोकिएको छैन । दुवै मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मगर इलामबाट निर्वाचित सांसद हुन् भने माओवादीका उप्रेती मोरङबाट निर्वाचित हुन् । दुवैजना यसअघिका मन्त्रिमण्डलमा पनि मन्त्री बनेका थिए । एमाले र माओवादी केन्द्रका गरी प्रदेशसभाका ५२ जना सदस्यको समर्थनसहित कार्कीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दावी प्रस्तुत गरेका थिए ।

मुख्यमन्त्रीले समर्थक सबै प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गर्नेलगायत प्रक्रिया पूरा गरी उनलाई आजै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । यसअघि गएराति प्रदेश प्रमुख खापुङले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका थिए । त्यसअनुसार कार्कीले समर्थक जुटाएर आफ्नो दावी प्रस्तुत गरेका थिए ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!