संगालोखबर


विराटनगर । मोरङको जहदा गाउँपालिका–३ हाथीबन्दा भन्ने स्थानमा प्रहरीले ठूलो परिमाण गाँजा बरामद गरेको छ । आज बिहान प्रहरीले उक्त स्थानमा २१८ किलो गाँजा बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा खोजी गर्दै पुगेको प्रहरी टोलीले मकैबारीमा गहुँको भुसमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरेको जनाइएको छ । १० वटा बोरामा हालेर राखिएको अवस्थामा गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

Advertisement

गाँजा लुकाउने काममा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय २४ वर्षीय भगवान किस्कुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मोरङबाट लागूऔषध मुद्दामा म्याद थप गरी उनीमाथि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!