हिक्मतकुमार कार्की: विद्यार्थी राजनीतिदेखि तेस्रो पटक मुख्यमन्त्रीसम्म

हिक्मतकुमार कार्की: विद्यार्थी राजनीतिदेखि तेस्रो पटक मुख्यमन्त्रीसम्म

विराटनगर । झापा क्षेत्र नम्बर ५ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित हिक्मतकुमार कार्की कोशी प्रदेशको तेस्रो पटक मुख्यमन्त्री बन्न सफल भएका छन् । आजै प्रदेश प्रमुख पर्शुराम खापुङबाट नियुक्त उनले पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरिसकेका छन् । यसअघि पनि दुई पटक मुख्यमन्त्री बनेका कार्कीले सत्ता राजनीतिमा देखिएको फेरबदल र दलीय गठबन्धन परिवर्तनका कारण पूरा अवधि काम गर्न भने पाएनन् । आज मुख्यमन्त्रीको...
भीमनारायण गोल्डकप निःशुल्क हेर्न पाइने

भीमनारायण गोल्डकप निःशुल्क हेर्न पाइने

धनकुटा । धनकुटामा आइतबार (भोलि) बाट सुरु हुने शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता निःशुल्क हेर्न पाइने भएको छ । धनकुटा नगरपालिकाले प्रवेश शुल्क बेहोरेर दर्शकहरूलाई निःशुल्क फुटबल हेर्न पाउने व्यवस्था मिलाएको हो । यसअघि क्वार्टरफाइनलको प्रति खेल ५० रुपैयाँ तथा सेमिफाइनल र फाइनलको खेल हेर्न १०० रुपैयाँका दरले प्रवेश शुल्क लिने गरिएको थियो । नगर प्रमुख चिन्तन तामाङले दर्शकबाट प्रवेश शुल्क नलि...
देश दौडाहामा खानेपानी मन्त्री राई

देश दौडाहामा खानेपानी मन्त्री राई

विराटनगर । खानेपानीका लागि जनताले भोगिरहेको समस्या बुझेर समाधान खोज्नका लागि खानेपानी मन्त्री राजेन्द्र राई अहिले देश दौडाहामा छन् । जनताका समस्यालाई नजिकबाट प्रत्यक्ष नियालेर समाधानको खोजी गर्न मन्त्री राई जिल्ला–जिल्ला पुगिरहेका छन् । चालु आर्थिक वर्ष सकिन लागेकाले अहिले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणको क्रम चलिरहेको छ । बिभिन्न जिल्लावासीले भोगिरहेका खानेपानी समस्याको जटिलतालाई प...
हिले-भीरगाउँ सडक कालोपत्रे सुरु 

हिले-भीरगाउँ सडक कालोपत्रे सुरु 

धनकुटा । धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । हिलेमा एक कार्यक्रमकाबीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु भएको हो । मेयर तामाङको पहिलो कार्यकालमा सो सडक निर्माण गरिएको थियो । अहिले उनको दोस्रो कार्यकालमा सडक कालोपत्रे गर्ने काम थालिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मेयर तामाङले नगरपालिकाको दुर्गम क्षे...
धनकुटाका दिनेशलाई साउदीको जेलबाट उद्धार गरी घर फर्काइयो

धनकुटाका दिनेशलाई साउदीको जेलबाट उद्धार गरी घर फर्काइयो

धनकुटा । ३२ महिना अघिदेखि साउदीमा जेल जीवन बिताइरहेका धनकुटाका दिनेश कार्कीलाई घर फर्किन पाउँछु भन्ने आश मरिसकेको थियो । चालक काम गर्दै आएका दिनेशले चलाएको गाडी दुर्घटना भएपछि पक्राउ परेका उनलाई अदालतले ५७ हजार रियाल अर्थात नेपाली १८ लाख भन्दा बढी रकम जरिवाना तोकिदियो । गरिबीका कारण पैसा कमाउँन विदेशिएका दिनेशसँग जरिवाना बापतको रकम तिर्न सक्ने अवस्था थिएन, न त परिवारले नै नेपालबाट पैसा पठाएर उनल...
धनकुटामा संगीत महोत्सवको तयारी

धनकुटामा संगीत महोत्सवको तयारी

धनकुटा । धनकुटामा फागुन पहिलो साता हुन लागेको ‘धनकुटा म्युजिक फेस्ट’ को तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय न्यू नव प्रभाव क्लबले फागुन ४ र ५ गते टुँडिखेलमा धनकुटा म्युजिक फेस्ट अर्थात संगीत महोत्सव गर्न लागेको हो । आयोजकले सोमबार धनकुटामा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारहरुसम्मले सांगीतिक प्रस्तुती दिनेछन् । सां...
धनकुटाका सरकारी कार्यालय अन्तै सार्न लागिएपछि एमाले उत्रियो आन्दोलनमा

धनकुटाका सरकारी कार्यालय अन्तै सार्न लागिएपछि एमाले उत्रियो आन्दोलनमा

धनकुटा । धनकुटामा रहेका केही सरकारी कार्यालय अन्य जिल्लामा सार्ने तयारी गरिएपछि नेकपा एमाले आन्दोलनमा उत्रिएको छ । धनकुटा सदरमुकाममा रहेको तथ्यांक कार्यालयलाई खोटाङ लैजान लागिएको र पाख्रीवासमा रहेको राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान कार्यक्रमलाई इलाम सार्न लागिएको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रिएको हो । एमालेले आइतबार धनकुटामा पत्रकार सम्मेलन गरेर कार्यालय सार्ने निर्णयको विरोधमा आन्दोलनका क...
तमोर करिडोर सडक कालोपत्रे गर्ने कामले गति लिदैं, स्थानीय उत्साहित

तमोर करिडोर सडक कालोपत्रे गर्ने कामले गति लिदैं, स्थानीय उत्साहित

धनकुटा । धनकुटाको मुलघाटदेखि पाँचथरको गणेश चोकसम्मको तमोर करिडोर सडक कालोपत्रे गर्ने कामले गति लिएको छ । तमोर नदी तटीय क्षेत्रमा निर्माण गरिएको ११२ किलोमिटर सडक कालोपत्रे गर्नका लागि अहिले धमाधम काम भइरहेको छ । पाँचथर र ताप्लेजुङलाई तराईसँग जोड्ने द्रुत मार्गको रुपमा रहेको यो सडक कालोपत्रेका लागि गत कात्तिक महिनामा ठेक्का सम्झौता गरी काम थालिएको हो । धनकुटाको मूलघाटदेखि पाँचथरको हाङसुवासम्म ६६...
धनकुटामा पनि मनाइयो गाईजात्रा (भिडियोसहित)

धनकुटामा पनि मनाइयो गाईजात्रा (भिडियोसहित)

धनकुटा । धनकुटामा पनि बिहीबार गाईजात्रा पर्व मनाइएको छ । विगत एक वर्षभित्र मृत्यु भएका आफन्तको सम्झना गर्दै नेवार समुदायले गाईजात्रा पर्व मनाएका हुन् । श्रीवानीमा जम्मा भएर एकैपटक निकालिएको जात्रा मदनचोक हुँदै हुलाकटोल, परिचयमोड, भीमसेन थान, भीमनारायण चोक, माथिल्लो र तल्लो कोप्चे हुँदै टुँडिखेल पुगेर समापन भएको थियो । यसरी परिक्रमा गर्नाले मृतआत्मा गाईको पुच्छर समाती वैतरणी पार हुने धार्मिक विश...
कोशी प्रदेशका मुख्य शहरमा ट्राफिक जरिवाना बैंक मार्फत भुक्तानी गर्नुपर्ने

कोशी प्रदेशका मुख्य शहरमा ट्राफिक जरिवाना बैंक मार्फत भुक्तानी गर्नुपर्ने

विराटनगर । कोशी प्रदेशका मुख्य शहरहरूमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालक तथा सवारी धनीले अब बैंकमार्फत ट्राफिक जरिवाना भुक्तानी गर्नुपर्ने भएको छ । इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले मोरङ, सुनसरी र झापाका मुख्य शहरमा ट्राफिक जरिवाना बैंकमार्फत भुक्तानी गर्नुपर्ने नियम सोमबारबाट कार्यान्वयनमा ल्याएको हो । पहिलो चरणमा यो नियम मोरङको विराटनगर महानग...
जारको पानीमा मरेको किरा र भातको सिता

जारको पानीमा मरेको किरा र भातको सिता

धनकुटा । धनकुटामा जारको पानीमा किरा र भातको सिता फेला परेको छ । सुनसरीको इटहरी–१० स्थित हिमधारा कम्पनीले उत्पादन गरेको उपहार नामक जारको पानीको ‘सिलप्याक’ भाँडोभित्र पखेटासहितको मरेको किरा र भातको सात वटा सिता फेला परेको हो । धनकुटाको हुलाकटोलस्थित सनोज किराना पसलबाट खरिद गरेर कर्मचारी सञ्चयकोषको सेवा केन्द्रमा लगिएको जारको पानीमा अखाद्य बस्तु फेला परेको हो । सञ्चयकोषका कर्मचारीले आइतबार चार वटा...
धनकुटासहित पहाडी क्षेत्रमा यस्तो देखियो होलीको रौनक

धनकुटासहित पहाडी क्षेत्रमा यस्तो देखियो होलीको रौनक

धनकुटा । कोशी प्रदेशको पहाडी जिल्ला धनकुटासहित देशभरका पहाडी र हिमाली क्षेत्रमा सोमबार हर्षोल्लासपूर्वक होली पर्व मनाइएको छ । रिसराग छोडेर प्रेमभाव र आत्मियताका साथ आफन्तजन र साथीहरूसँग एकापसमा रङ दलेर रमाइलो गर्दै होली पर्व मनाइएको हो । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा होली मनाउँने गरिन्छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली ...
यातायात मजदुरको आन्दोलनले बालाजु क्षेत्र तनावपूर्ण, प्रहरीकै गाडीमा आगजनी

यातायात मजदुरको आन्दोलनले बालाजु क्षेत्र तनावपूर्ण, प्रहरीकै गाडीमा आगजनी

काठमाडौं । सरकारले सहमति कार्यान्वयन नगरेको विरोधमा यातायात मजदुरहरु आन्दोलनमा उत्रदा सोमवार काठमाडौंको गोंगबुलगायत क्षेत्र तनावपूर्ण बन्यो । ट्राफिक नियम आफूहरूको हितमा नरहेको भन्दै आन्दोलित यातायात मजदुरहरु सडक अवरुद्ध गरेर तोडफोड र आगजनीमा उत्रदा स्थिती तनावपूर्ण बनेको हो । आन्दोलित मजदुरहरुले माछापोखरीको अस्थायी प्रहरी विटमा आगजनी गरेका छन् । बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरूले...
जितपुरमा स्थानीयवासीद्वारा वडा कार्यालय घेराउ, वडाध्यक्षबिरुद्ध प्रदर्शन

जितपुरमा स्थानीयवासीद्वारा वडा कार्यालय घेराउ, वडाध्यक्षबिरुद्ध प्रदर्शन

धनकुटा । अदालतको आदेश लत्याउँदै वडाध्यक्षले नागरिकताको सिफारिस दिन नमानेपछि स्थानीयबासीले आज धनकुटाको महालक्ष्मी नगरपालिका ७ नं. वडा कार्यालय घेराउ गरेका छन् । सयौँको संख्यामा स्थानीयवासी भेला भएर वडा कार्यालय घेराउ गरेका हुन् । बिहान १० बजेनै स्थानीयवासी वडा कार्यालय घेराउका लागि पुगेका थिए । उनीहरूले वडाध्यक्ष नेत्रबहादुर अधिकारीविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । वडा कार्यालय परिसरम...
भेडेटारमा गुडिरहेको बसमा आगो लागेपछि यात्रुको भागाभाग

भेडेटारमा गुडिरहेको बसमा आगो लागेपछि यात्रुको भागाभाग

धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडकखण्डस्थित भेडेटार नजिक आज दिउँसो गुडिरहेको बसमा आगो लागेको छ । काठमाडौंबाट तेह्रथुम जाँदै गरेको ना.६ ख ७६९० नम्बरको मितेरी बस भेडेटार आइपुग्न लाग्दा दिउँसो करिब ३ः३० बजे आगो लागेको हो । आगलागीमा मानवीय क्षति भने भएको छैन । गाडी गुडिरहेका बेला इन्जिनतर्फबाट आगो निस्किएपछि यात्रुहरूको भागाभाग भएको थियो । गाडीमा ३५ जना यात्रु सवार थिए । आगो लाग्नासाथ सबै यात...
विराटनगरमा मूल्यवृद्धिको विरोधमा गरिएको बन्दमा प्रहरीको हस्तक्षेप

विराटनगरमा मूल्यवृद्धिको विरोधमा गरिएको बन्दमा प्रहरीको हस्तक्षेप

विराटनगर । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा चक्काजाम गर्न सोमबार विराटनगरको राजवंशी चोकमा निस्किएका यातायात व्यवसायीहरूमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले यातायात व्यवसायीलाई लछारपछार पार्दै गाडी पन्छाएर सडक खुलाएको हो । प्रहरीले हातपात गरेपछि आक्रोशित बनेका व्यवसायी र प्रहरीबीच केही समय घम्साघम्सीसमेत भयो । मूल्यवृद्धिको विरोधमा कोशी राजमार्गमा गाडी तेस्राएर बसेका याताया...
जग्गाको मुआब्जा नपाएपछि विराटनगर विमानस्थल पीडित उत्रिए आन्दोलनमा

जग्गाको मुआब्जा नपाएपछि विराटनगर विमानस्थल पीडित उत्रिए आन्दोलनमा

विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउँन अधिग्रहणका लागि सरकारले रोक्का गरेको जग्गाको मुआब्जा नपाएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् । जग्गा रोक्का गरेको १४ महिना वितिसक्दा सम्म पनि मुआब्जा नपाएपछि पीडितहरु आन्दोलनमा उत्रिएका हुन् । विराटनगर विमानस्थल पीडित संघर्ष समितिको अगुवाईमा उनीहरुले सोमबार विराटनगरमा विरोध प्रदर्शन गरे । पीडितहरुले प्रदेश १ को मुख्यमन्त्री कार्यालय र ...
पूर्वअभ्यासमा विपद्कै झल्को

पूर्वअभ्यासमा विपद्कै झल्को

विराटनगर । विराटनगरको सिंघिया खोलामा उर्लिएको बाढी अचानक बस्तीमा पस्यो । कोही मान्छे बगे, कसैको घर नै बगायो । सक्नेहरू ज्यान जोगाउँन पौडिन थाले, नसक्नेहरू मुढो झै बगे । घरभित्रका सामान बाढीको पानीमा तैरिए । कोही परिवारका सदस्यलाई बाढीले बगाउँदा रोइकराई गर्न थाले । गाउँमा ‘बज्रपात’ पर्यो, बाढीले वितण्डा मच्चाएपछि गाउँलेहरू हारगुहार गर्न थाले । त्यही बेला एक जनाले प्रशासनलाई खबर गरे । लगत्तै नेपा...
धनकुटामा तीन महिनासम्म पनि पक्राउ परेनन् बलात्कार आरोपित, न्याय माग्दै प्रदर्शन

धनकुटामा तीन महिनासम्म पनि पक्राउ परेनन् बलात्कार आरोपित, न्याय माग्दै प्रदर्शन

धनकुटा । धनकुटामा पीडितले प्रहरीमा उजुरी दिएको तीन महिना वितिसक्दासम्म पनि बलात्कार आरोपित पक्राउ नपरेपछि आइतवार विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । बलात्कार आरोपितलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउँन र पीडितलाई न्याय दिलाउँन माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । धनकुटा नगर क्षेत्रकी एक वालिका २०७७ वैशाखमा बलात्कृत भएकी थिइन् । उनलाई धनकुटा नगरपालिका–६ का मिलन भनिने नीलबहाद...
धनकुटामा एमाले निकट युवा संघले गर्यो शक्ति प्रदर्शन (भिडियोसहित)

धनकुटामा एमाले निकट युवा संघले गर्यो शक्ति प्रदर्शन (भिडियोसहित)

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले शनिवार धनकुटामा शक्ति प्रदर्शन गरेको छ । युवा संघले धनकुटाको त्रिवेणी स्कुलको प्राङ्गणमा आयोजना गरेको बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रमको अवसर पारेर बजारमा शक्ति प्रदर्शन गरेको हो । भेलालाई संवोधनका लागि नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेत आएका थिए । नेता बस्नेतको उपस्थितीमा धनकुटा बजारमा जुलुश प्रदर्शन गरियो । नेता ब...
कांग्रेस विभाजित थियो, अहिले एमसीसीले एक ढिक्का बनायो: सह-महामन्त्री आङ्देम्बे (भिडियोसहित)

कांग्रेस विभाजित थियो, अहिले एमसीसीले एक ढिक्का बनायो: सह-महामन्त्री आङ्देम्बे (भिडियोसहित)

धनकुटा । नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङ्देम्बेले एमसीसीका कारण नेपाली कांग्रेस एक ढिक्का भएको बताएका छन् । कांग्रेस धनकुटाले शुक्रबार पार्टी कार्यालयमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई संवोधन गर्दै सह–महामन्त्री आङ्देम्बेले विभाजित अवस्थामा रहदै आएको कांग्रेस अहिले एमसीसीका कारण एकतावद्ध भएको बताएका हुन् । इतिहासमा सधै विभाजित हुँदै आएको कांग्रेसलाई एमसीसीले एक ढिक्का बनाउँन स...
धनकुटामा एमसीसीको विरोध गर्दै मसाल जुलुश प्रदर्शन, अब ‘जनमत संग्रह’ गरिने (भिडियोसहित)

धनकुटामा एमसीसीको विरोध गर्दै मसाल जुलुश प्रदर्शन, अब ‘जनमत संग्रह’ गरिने (भिडियोसहित)

धनकुटा । एमसीसीको विरोधमा सोमबार साँझ धनकुटा बजारमा मसाल जुलुश प्रदर्शन गरिएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले एमसीसी खारेज गर्न माग गर्दै मसाल जुलुश प्रदर्शन गरेको हो । हुलाकटोलस्थित कोशी ग्यास आसपास क्षेत्रबाट अनेरास्ववियू सम्बद्ध विद्यार्थीहरु हातमा मसाल बोकेर बजारमा निस्किएका थिए । उनीहरुले एमसीसी र आफ्नै पार्टी सहभागि भएको सरकारविरुद्ध पनि ...
धनकुटामा सुरु भयो एभोकाडो महोत्सव (भिडियो रिपोर्टसहित)

धनकुटामा सुरु भयो एभोकाडो महोत्सव (भिडियो रिपोर्टसहित)

धनकुटा । धनकुटामा शनिवारदेखि दोस्रो एभोकाडो महोत्सव सुरु भएको छ । धनकुटा नगरपालिका एभोकाडो कृषक समूहको आयोजनामा धनकुटा–६ परिचयमोडस्थित एकोभाडो पार्कमा दुई दिने महोत्सव आयोजना गरिएको हो । धनकुटा नगरपालिका सह–आयोजक रहेको महोत्सवको प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले उद्घाटन गरेका छन् । गमलामा रोपिएको एभोकाडोको विरुवामा पानी हालेर सांसद राईले महोत्सव उद्घाटन गरेका हुन् । महोत्सव उद्घाटन गर्दै सांस...
धनकुटामा गुडिरहेको गाडीबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुको भागाभाग (भिडियोसहित)

धनकुटामा गुडिरहेको गाडीबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुको भागाभाग (भिडियोसहित)

धनकुटा । धनकुटा नगरपालिका–१ सुकेपोखरीस्थित कोशी राजमार्गमा गुडिरहेको गाडीमा एक्कासी धुँवाको मुस्लो निस्किएपछि यात्रुुहरुको भागाभाग भएको छ । विराटनगरबाट धनकुटाको चुङमाङ्ग जाँदै गरेको टाटासुमो गाडी शनिवार राती करिब ८ बजे सुकेपोखरी पुग्दा धुँवाको मुस्लो निस्कएको हो । गुडिरहेको गाडीमा अचानक धुँवाको मुस्लो निस्किएपछि आत्तिएर यात्रुहरुको भागाभाग भएको गाडीमा सवार चुङमाङ्गका शिक्षक अनिल तिम्सिनाले बताए...
धनकुटामा दशैंको चहलपहल (भिडियोसहित)

धनकुटामा दशैंको चहलपहल (भिडियोसहित)

धनकुटा । धनकुटामा दशैंको चहलपहल बढेको छ । कोरोनाका कारण लामो समयदेखि व्यापार व्यावसाय ठप्प हुँदा समस्यामा रहेका व्यापारीहरुलाई दशैंले केही हदसम्म भएपनि राहत मिलेको छ । दशैंको किनमेलका लागि धनकुटा, हिले, सिधुवा, पाख्रीवास लगायत बजारहरुमा ग्राहकहरुको घुँइचो देखिन्छ । दशैंमा नयाँ कपडा किन्नका लागि कपडा पसलहरुमा ग्राहकहरुको भीड छ । त्यस्तै, टेलर्सहरुमा पनि कपडा सिलाउँनलाई भ्याइनभ्याई छ । खाद्यान्नक...
नक्कली नोटको कारोवार गर्ने ७ जना पक्राउ, यस्तो छ धनकुटादेखि काठमाडौंसम्मको ‘कनेक्सन’

नक्कली नोटको कारोवार गर्ने ७ जना पक्राउ, यस्तो छ धनकुटादेखि काठमाडौंसम्मको ‘कनेक्सन’

धनकुटा । धनकुटा प्रहरीले नक्कली नोटको कारोवारमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । असोज ११ गते मुलघाटबाट २८ हजार नक्कली नोटसहित दुई युवा पक्राउ परेपछि उनीहरुको सञ्जाल पहिल्याउँने क्रममा प्रहरीले धनकुटा, सुनसरी र काठमाडौंबाट थप पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ का २६ बर्षीय विशाल तामाङ्ग, ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ घर भई हिले बस्दै आएका २६ बर्षीय छितेन त...
धनकुटाको महालक्ष्मी नगरको नयाँ अभियान: मलामीलाई खाजा खुवाउँन पैसा प्रदान

धनकुटाको महालक्ष्मी नगरको नयाँ अभियान: मलामीलाई खाजा खुवाउँन पैसा प्रदान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरबासीको मृत्यु हुँदा मलामीलाई खाजा खुवाउँन मृतकका परिवारलाई सहयोग गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक बर्षदेखि ‘मलामी खाजा सहयोग कार्यक्रम’ सुरु गरेर मृतकका परिवारलाई सहयोग उपलब्ध गराउँन थालेको हो । मृतकको परिवारलाई सहयोग पुर्याउँने उद्धेश्यले मलामीलाई खाजा खुवाउँन १० हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्न थालिएको महालक्ष्मी नगरपालिकाका मेयर ...
विद्युत प्राधिकरणको लापरबाहीले बत्ती अनियमित हुँदा उपभोक्ता मारमा

विद्युत प्राधिकरणको लापरबाहीले बत्ती अनियमित हुँदा उपभोक्ता मारमा

धनकुटा । धनकुटामा विद्युत प्राधिकरणको लापरबाहीका कारण विद्युत अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् । वारम्वार बत्ती जाने/आउने गर्दा उपभोक्ता हैरान मात्र भएका छैनन् विद्युतको माध्यमबाट सञ्चालन हुने व्यवसाय नै चौपट हुने अवस्था सृजना भएको छ । विद्युत प्राधिकरणले लोडसेडिङ नरहेको दावी गर्दै आएको छ । तर, बत्ती भने वारम्वार गइरहन्छ । दिनमै दर्जनौं पटक बत्ती जाने/आउने गर्छ । जसका कारण उपभोक्ताहरू आजि...
विराटनगर महानगरपालिका कार्यालय भित्रै तासको अड्डा ! (भिडियोसहित)

विराटनगर महानगरपालिका कार्यालय भित्रै तासको अड्डा ! (भिडियोसहित)

विराटनगर । जुवा तास खेल्न प्रतिवन्ध छ । अझ, सरकारी कार्यालयमा जुवा तास खेल्नु त कानूनी रुपमा प्रतिबन्धित मात्र हैन, आफैमा असोभनीय कुरा पनि हो । तर, विराटनगर महानगरपालिकाको कार्यालयमा भने खुलेआम तास खेल्ने गरेको भेटिएको छ । महानगरको नगर प्रहरी शाखामा कार्यालय समय भित्रै शुक्रबार दिउँसो खुलेआम तास खेलिरहेको भेटिएको हो । नगर प्रमुख बस्ने भवनमै नगर प्रहरी शाखा छ । त्यही कोठामा रमित हेर्ने दर्शकसमेत...
प्रतिनिधि सभामा सांसद राईको माग: धनकुटाका जनतालाई तत्काल खोपको व्यवस्था गरियोस्

प्रतिनिधि सभामा सांसद राईको माग: धनकुटाका जनतालाई तत्काल खोपको व्यवस्था गरियोस्

काठमाडौं । धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले धनकुटाका जनताहरुलाई तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाउँन सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकको सुन्य समयमा बोल्दै सांसद राईले यस्तो माग गरेका हुन् । बैठकमा बोल्न एक मिनेटको समय निर्धारण गरिएको थियो । सोही क्रममा बोल्दै सांसद राईले तत्काल खोपको व्यवस्था मिलाई धनकुटाका जनतालाई कोरोनाको प्रकोपबाट...
धनकुटामा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी (भिडियोसहित)

धनकुटामा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी (भिडियोसहित)

धनकुटा । धनकुटामा आन्दोलनरत संयुक्त लोकतान्त्रिक गठबन्धन सम्बद्ध नेता कार्यकर्ता र प्रहरीबीच बुधबार जिल्ला प्रशासन कार्यालयमा घम्साघम्सी भएको छ । पाख्रीवास नगरसभामा तोडफोड गरेको भन्दै दर्ता भएको मुद्दा खारेज गनुपर्ने र गिरफ्तारी दिएका वडाध्यक्षलाई रिहाई गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टीका नेता कार्यकर्त...
error: Content is protected !!