संगालोखबर

झापा । बिकर्ण श्रेष्ठको चार गोल मद्दतमा फराकिलो जित निकाल्दै आयोजक रातो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजकले पाहुना टोली इलामको एमसिसी भेट्रान्स फुटबल क्लबमाथि गोल वर्षा गरेको थियो । इलामलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक पूर्वेली युवा क्लब रातो अन्तिम चारमा प्रवेश गरेको हो ।

बिकर्णले खेलको १० औँ, २२ औँ, २६ औँ र ४० औँ मिनेटमा गोल गरे । त्यस्तै, खेलको ३० औँ मिनेटमा विशाल राई ए र ३४ औँ मिनेटमा रमेश गुरुङले एकएक गोल गरे । प्रतियोगिताको प्लेयर अफ द म्याच ४ गोलकर्ता बिकर्ण श्रेष्ठ भए । उनले नगद २ हजार ५०० र ट्रफी पाए ।

भोलिको पहिलो सेमिफाइनल खेल आयोजक निलो र चन्द्रगढी भेट्रान्स एफसीबीच हुनेछ । त्यस्तै, विराट मेगा भेट्रान्सले फाइनल प्रवेशका लागि पर्सि आयोजक रातोको सामना गर्नेछ । कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने आयोजक पूर्वेली युवा क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरीले बताए ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ चौधरीले बताए । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्यचाले नगद २ हजार ५०० र ट्रफी पाउने छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक टेकराज तिलिङले बताए । पूर्वेली युवा क्लब बिर्तामोडका अध्यक्ष रविन श्रेष्ठले आफ्नी आमा दुर्गादेवी श्रेष्ठको स्मृतिमा विजेताको नगद पुरस्कार प्रदान गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!