- बिनोद बिष्ट/संगालोखबर

काठमाडौं । धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले धनकुटाका जनताहरुलाई तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाउँन सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकको सुन्य समयमा बोल्दै सांसद राईले यस्तो माग गरेका हुन् ।

Advertisement

बैठकमा बोल्न एक मिनेटको समय निर्धारण गरिएको थियो । सोही क्रममा बोल्दै सांसद राईले तत्काल खोपको व्यवस्था मिलाई धनकुटाका जनतालाई कोरोनाको प्रकोपबाट जोगाउँन माग गरेका हुन् । उनले कोरोनाका कारण धनकुटामा ४० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको र २४ सय भन्दा बढी संक्रमित भइसकेको सदनमा जानकारी गराए ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा पर्याप्त खोपको व्यवस्था नहुँदा जोखिम बढेको प्रति उनले ध्यानाकर्षण गराएका थिए । ‘धनकुटा जिल्ला अहिले सुनशान छ । गाउँ बस्तीका जनताहरु त्रसित छन् । कोरोनाका कारण ४० भन्दा बढीको मृत्यु भएको छ । २४ सय भन्दा बढी संक्रमित छन् । अहिले खोपको व्यवस्था भएको छैन,’ सांसद् राईले भने, ‘१ लाख ७० हजार जनता रहेको धनकुटामा तत्काल जनसंख्याका आधारमा खोपको व्यवस्था गरेर धनकुटाका जनतालाई बाँच्ने व्यवस्था मिलाउँन जोडदार माग गर्दछु ।’

नेकपा एमालेका धनकुटा अध्यक्षसमेत रहेका सांसद राई धनकुटाबाट निर्वाचित भएका हुन् । उनले सदनमा बोल्न पाएको समयमा धनकुटाका विषयमा कुरा उठाउँदै आएका छन् ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!