- संगालोखबर सम्वाददाता

धनकुटा । कोशी प्रदेशको पहाडी जिल्ला धनकुटासहित देशभरका पहाडी र हिमाली क्षेत्रमा सोमबार हर्षोल्लासपूर्वक होली पर्व मनाइएको छ । रिसराग छोडेर प्रेमभाव र आत्मियताका साथ आफन्तजन र साथीहरूसँग एकापसमा रङ दलेर रमाइलो गर्दै होली पर्व मनाइएको हो ।

Advertisement

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा होली मनाउँने गरिन्छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लामा होली मनाउँने चलन छ । होली मनाउँन धनकुटामा बिहानैदेखि मानिसहरू हातमा रङ्ग बोकेर बजार क्षेत्रमा निस्किएका थिए । बजारका अधिकांश पसलहरू बन्द गरेर मानिसहरू होली मनाउँन चोकचोकमा भेला भए । धनकुटा बजारको मदनचोक र भीमसेन थानमा होली विशेष सांस्कृतिक कार्यक्रम गरिएको छ । बालबालिकादेखि युवायुवती र बृद्धबृद्धासम्मले आपसमा रङ्ग दलेर होली मनाएका छन् ।

होलीको रंगले मानिसको अनुहार र शरीरमात्र हैन बजार क्षेत्रका सडकपनि रंगिएका छन् । गाउँदेखि सहरसम्मै होलीको रौनक देखियो । हिले, सिधुवा लगायत क्षेत्रमा पनि कलाकारहरू ल्याएर सांस्कृतिक कार्यक्रम गरी हर्षोल्लासपूर्वक होली मनाइएको छ । यता, काठमाडौं उपत्यकामा पनि धुमधामपूर्वक होली मनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका बिभिन्न स्थानमा राष्ट्रिय कलाकारहरूको साथमा होली विशेष कार्यक्रम गरिएको छ । राजधानीका दर्जनौं स्थानमा विशेष कार्यक्रम गरेर धुमधामका साथ होली मनाइएको हो ।

कोशी प्रदेशको राजधानी विराटनगरसहित तराइका कतिपय जिल्लामा पनि सोमबार होली विशेष केही कार्यक्रम भएका छन् । अब, तराईमा मंगलबार धुमधाम होली मनाइदैछ । होली मनाउँन सरकारले पहाडमा सोमबार र तराईमा मंगलबार सार्वजनिक बिदा दिएको छ । होलीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालसहित विशिष्ट व्यक्तिहरूले शुभकामना पनि दिएका छन् ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!