संगालोखबर


विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले आफू उपस्थित भएका कार्यक्रमका समाचार नै नआएको गुनासो गरेका छन् । बिहीबार प्रदेशसभा सचिवालयमा सञ्चारकर्मीहरूसँगको भेटमा सभामुख विष्टले यस्तो गुनासो गरेका हुन् ।

उनले आफू उपस्थित कार्यक्रमका समाचारहरू प्रकाशन तथा प्रसारण गर्न सञ्चारकर्मीहरूलाई आग्रह समेत गरेका थिए । डेढ वर्षसम्म विषयगत समितिका सभापति चयन गर्न नसकेको कोशी प्रदेशसभाले जेठको दोस्रो हप्तामा सहमतिका आधारमा सभापति चयन गर्ने सभामुख बिष्टले बताए ।

Advertisement

उनले सहमतिमा सभापति चयन हुन नसकेको अवस्थामा निर्वाचन प्रक्रियामा गएर भएपनि चयन गर्ने बताए । कोशी प्रदेशसभामा ७ वटा विषयगत समिति छन् । तर सभापति चयन हुन सकेको छैन ।

केन्द्रको सरकार फेरबदलले प्रदेशमा पनि समस्या भएको उनको भनाइ थियो । प्रदेशसभाका प्रदेशसभा सचिव गोपाल पराजुलीले प्रदेशसभाले छैटौं पटक सरकार गठन गरेको, कानून निर्माण गर्ने काम गरिरहेको र सरकारले काम गरेको विषयमा निगरानी गरिरहेको उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!