- संगालोखबर सम्वाददाता

काठमाडौं । सरकारले सहमति कार्यान्वयन नगरेको विरोधमा यातायात मजदुरहरु आन्दोलनमा उत्रदा सोमवार काठमाडौंको गोंगबुलगायत क्षेत्र तनावपूर्ण बन्यो । ट्राफिक नियम आफूहरूको हितमा नरहेको भन्दै आन्दोलित यातायात मजदुरहरु सडक अवरुद्ध गरेर तोडफोड र आगजनीमा उत्रदा स्थिती तनावपूर्ण बनेको हो ।

Advertisement

आन्दोलित मजदुरहरुले माछापोखरीको अस्थायी प्रहरी विटमा आगजनी गरेका छन् । बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरूले प्रहरीको एउटा भ्यानमा आगो लगाएका छन्, अर्को भ्यान तोडफोड गरेका छन् । आन्दोलनकारी र प्रहरीबीच नयाँ बसपार्क क्षेत्रमा झडप पनि भएको छ । आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् । सो क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने क्रममा नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीका कर्मचारीले यातायात मजदुरहरूलाई गुण्डागर्दी शैलीमा हातपात गरेको भन्दै उनीहरु थप आक्रोशित भएका थिए । पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियम परिवर्तन गर्नुपर्ने उनीहरूको माग छ ।

आन्दोलित यातायात मजदुरहरूले मंगलबार यातायात ठप्प पार्ने चेतावनी दिएका छन् ।

भिडियो हेर्नुहोस…
 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!