सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कति पुग्यो तोलामा ?
विराटनगर । सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन प्रतितोला तीन हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार प्रतितोला पाँच हजार सात सय रुपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँम...































