यातायात कार्यालय विराटनगरबाट १२ जना विचौलिया पक्राउ
विराटनगर । विराटनगर-४ खार्जी स्थित यातायात व्यवस्था कार्यालयबाट १२ जना विचौलिया पक्राउ परेका छन् । विभिन्न प्रलोभनमा पारेर सेवाग्राहीलाई ठगेको गुनासो आएपछि जिल्ला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
विराटनगर-३ का ४१ वर्षीय सञ्जीव कोइराला, २४ वर्षीय राजेश खड्का, २५ वर्षीय गौरवकुमार माझी र ३७ वर्षीय राजु कोइराला पक्राउ परेका हुन् ।
यस्तै सुनसरीको दुहबी नगरपालिका-११ का २७ वर्षीय युवराज लम्साल, व...






























