संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा आयोजित दोस्रो संकरणको अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पञ्चकृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ सहिदभूमि गाउँपालिका–३ ‘ए’ विजयी भएको छ ।

Advertisement

फाइनल खेलमा सहिदभूमि गाउँपालिका ३ ‘ए’ ले सहिदभूमि गाउँपालिका–३ ‘बी’ लाई उत्कृष्ट पाँचमा ३–२ को सेटले हराउँदै प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

त्यस्तै, महिला तर्फको फाइनल खेलमा सहिदभूमि गाउँपालिका ५ ‘ए’ विजयी भएको छ । सहिदभूमि गाउँपालिका ५ ‘बी’ लाई उत्कृष्ट तीनमा २–१ को सेटले पराजित गर्दै ५ ‘ए’ ले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

तृतीय स्थानका लागि भएको पुरुष तर्फको खेलमा सहिदभूमि गाउँपालिका–१ ‘ए’ ले सहिदभूमि गाउँपालिका–४ ‘बी’ लाई सोझो सेटमा पराजित गर्न सफल भयो । यस्तै, महिलातर्फ तृतीय स्थानका लागि भएको खेलमा सहिदभूमि गाउँपालिका–४ ‘ए’ ले सहिदभूमि गाउँपालिका–४ ‘बी’ लाई २–१ को सेटमा पराजित गर्न सफल भयो ।

दुबै तर्फको विजेता टोलीले ५५ हजार नगदसहित पदक, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता टोलीले ३५ हजार नगदसहित पदक, मेडल र प्रमाणपत्र प्राप्त गरे भने तृतीय स्थान हाँसिल गर्ने टोलीले हजार नगदसहित पदक, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

पुरुषतर्फको उत्कृष्ट खेलाडी सहिदभूमि गाउँपालिका–३ ‘ए’ का मौसम राई घोषित भए । उदयमान खेलाडी सहिदभूमि गाउँपालिका–१ ‘ए’ का घोषित भए । महिलातर्फको उत्कृष्ट खेलाडी सहिदभूमि गाउँपालिका–५ ‘ए’ की रिया राई घोषित भइन् । यस्तै महिला तर्फको उदयमान खेलाडीमा सहिदभूमि गाउँपापालिका–५ ‘ए’ की प्रदिशा राई घोषित भइन् ।

दुवै तर्फका उत्कृष्ट खेलाडीहरूलाई १ हजार ५ सय नगरसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उदयमान खेलाडीहरूलाई एक हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

खेल निर्णायकको भुमिकामा ऋषिराम पराजुली, जुनुमाया राई र अमृत राई थिए । सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले निर्णायकको हातमा बल हस्तानान्तरण गरेपछि फाइनल खेल सुरु भएको थियो ।

गाउँपालिकाका अध्यक्ष राई, उपाध्यक्ष रत्नश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की लगायतले विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!