- संगालोखबर सम्वाददाता

धनकुटा । नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङ्देम्बेले एमसीसीका कारण नेपाली कांग्रेस एक ढिक्का भएको बताएका छन् । कांग्रेस धनकुटाले शुक्रबार पार्टी कार्यालयमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई संवोधन गर्दै सह–महामन्त्री आङ्देम्बेले विभाजित अवस्थामा रहदै आएको कांग्रेस अहिले एमसीसीका कारण एकतावद्ध भएको बताएका हुन् ।

Advertisement

इतिहासमा सधै विभाजित हुँदै आएको कांग्रेसलाई एमसीसीले एक ढिक्का बनाउँन सफल भएको उनको तर्क छ । नेता आङ्देम्बेले भने, ‘इतिहासमा नेपाली कांग्रेस सधै विभाजित भयो होला, तर यो एमसीसीका कारणले कांग्रेस एक ढिक्का भएको छ, एक ढिक्का भएको छ ।’

एमसीसी राष्ट्रहितमा रहेको तर्क गर्दै नेता आङ्देम्बेले राष्ट्रिय हितको बिषयले कांग्रेसलाई एकताबद्ध बनाएको उल्लेख गरे । कांग्रेसले सधै राष्ट्रहितमा काम गरिरहेको दावी गर्दै उनले कहिल्यै राष्ट्रघात नगर्ने जिकिर गरे ।

पहिले एमसीसीलाई अघि बढाउँनु पर्छ भन्दै आएकाहरुले नै अहिले त्यसको विरोध गरिरहेको उनले बताए । भारतलाई सधै विस्तारवाद र अमेरिकालाई साम्राज्यवाद देख्ने मनोवृत्ति कम्युनिष्टहरुमा रहेकाले एमसीसीलाई अनावश्यक गिजोलिएको उनको भनाई छ ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!