मोरङको सुनवर्षीमा भ्यागुताको झ्याँइझ्याँइ बिहे !
विराटनगर । विगतका वर्षहरूमा पनि वर्षा नहुँदा भ्यागुताको बिहे गराएका फोटो तथा भिडिओहरू सामाजिक सञ्जालमा देख्न सकिन्थ्यो । यो वर्षपनि देशका विभिन्न स्थानमा भएको भ्यागुताको बिहेले चर्चा पायो । लामो समय खडेरी परेपछि पानी पर्ने विश्वासका साथ भ्यागुताको बिहे गरिएको हो ।
सोही विश्वासका साथ आइतबार राति मोरङको सुनवर्षी नगरपालिकाका स्थानीयले पनि भ्यागुताको धुमधामसँग बिहे गरिदिएका छन् । सुनवर्षी-१ जोगीधाप...































