संगालोखबर

विराटनगर । आगामी दुई–तीन दिनसम्म तराई क्षेत्रमा अत्यधिक गर्मी हुने भन्दै सावधानी अपनाउन भनिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी दुई–तीन दिन तातो हावा चल्ने र अत्यधिक गर्मी हुनेछ ।

Advertisement

तराईसहित केही दिनयता देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको विभागले जनाएको छ । केही दिनअघि वर्षा हुँदा भने तापक्रम घटेको थियो ।

तराईमा धेरै गर्मी र हावासमेत तातो चल्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ । कतिपय क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र यसभन्दा बढी मापन गरिएको विभागले जनाएको छ ।

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

विभागले तातो लहरको असरबाट बच्न गर्मीको समयमा घरभित्र नै रहन, घरबाहिर नजान, हलुका र सुतीका कपडा लगाउन, घरबाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ पिउन सुझाव दिएको छ ।

तातो हावा तथा तातो लहर (लू) बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ता हुनसक्ने भएकाले लूबाट बच्न विभागले सुझाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!