रबिन कटेल

धनकुटा । धनकुटामा पनि बिहीबार गाईजात्रा पर्व मनाइएको छ । विगत एक वर्षभित्र मृत्यु भएका आफन्तको सम्झना गर्दै नेवार समुदायले गाईजात्रा पर्व मनाएका हुन् ।

Advertisement

श्रीवानीमा जम्मा भएर एकैपटक निकालिएको जात्रा मदनचोक हुँदै हुलाकटोल, परिचयमोड, भीमसेन थान, भीमनारायण चोक, माथिल्लो र तल्लो कोप्चे हुँदै टुँडिखेल पुगेर समापन भएको थियो । यसरी परिक्रमा गर्नाले मृतआत्मा गाईको पुच्छर समाती वैतरणी पार हुने धार्मिक विश्वास छ ।

एक वर्षभित्र परिवारको सदस्य गुमाएका २२ घर परिवारले गाईजात्रा निकालेको स्थानीय राजेश्वर बहादुर श्रेष्ठले बताए । गाउँ–गाउँदेखि मानिसहरू गाईजात्रा हेर्न धनकुटा बजार आएका थिए । गाईजात्रा सँगै लाखे नाच र लाठी नाच पनि प्रदर्शन गरिएको छ । नेवार समुदायको बाहुल्यता रहेको धनकुटा बजारमा पहिलेदेखिनै गाईजात्रा पर्व मनाइदै आएको छ ।

गाईजात्रामा मानिसलाई गाईका रुपमा सिँगारेर आ आफ्नो ठाउँ वा टोल परिक्रमा गरी फलफूल, रोटी, चिउरा, दूध, दही लगायत दान गर्ने परम्परा छ ।

मल्लकालमा छोराको निधन भएपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले सन्तान गुमाएका सबैले गाईजात्रा निकाल्ने परम्परा बसालेको किम्वदन्ती छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेपछि व्यंग्यात्मक कार्यक्रमसमेत गराइएको बताइन्छ ।

जात्रामा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाउँने चलन छ ।’

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement