- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटामा दशैंको चहलपहल बढेको छ । कोरोनाका कारण लामो समयदेखि व्यापार व्यावसाय ठप्प हुँदा समस्यामा रहेका व्यापारीहरुलाई दशैंले केही हदसम्म भएपनि राहत मिलेको छ । दशैंको किनमेलका लागि धनकुटा, हिले, सिधुवा, पाख्रीवास लगायत बजारहरुमा ग्राहकहरुको घुँइचो देखिन्छ ।

Advertisement

दशैंमा नयाँ कपडा किन्नका लागि कपडा पसलहरुमा ग्राहकहरुको भीड छ । त्यस्तै, टेलर्सहरुमा पनि कपडा सिलाउँनलाई भ्याइनभ्याई छ । खाद्यान्नका लागि किराना पसलहरुमा पनि चहलपहल बढेको छ । कस्मेटिक, इलेक्ट्रोनिक्स र मोवाइल पसलहरुमा पनि चहलपहल छ । दशैंले सबैजसो पसलहरुमा ग्राहक बढ्दा व्यापार व्यावसायमा केही राहत मिलेको व्यापारीहरु बताउँछन् ।

दशैं मनाउँनका लागि किनमेल सकेर गाउँ फर्किनेहरुको संख्या पनि बढीरहेको छ । कोरोनाका कारण सार्वजनिक गाडीमा यात्रा गर्नेहरुको संख्या ह्वात्तै घटेको भएपनि अहिले सवारी साधनहरुमा यात्रुको चाप बढेको छ । अब, तिहार र छठ पर्व पनि आउँन लागेको छ । कोरोनाको प्रभावका कारण लामो समयदेखि व्यापार व्यावसाय ओरालो लागेको भएपनि अहिले ठूला पर्वहरुको सिजन भएकाले व्यापारीहरुलाई केही राहत मिल्ने देखिएको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!