- संगालोखबर सम्बाददाता

धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडकखण्डस्थित भेडेटार नजिक आज दिउँसो गुडिरहेको बसमा आगो लागेको छ । काठमाडौंबाट तेह्रथुम जाँदै गरेको ना.६ ख ७६९० नम्बरको मितेरी बस भेडेटार आइपुग्न लाग्दा दिउँसो करिब ३ः३० बजे आगो लागेको हो ।

Advertisement

आगलागीमा मानवीय क्षति भने भएको छैन । गाडी गुडिरहेका बेला इन्जिनतर्फबाट आगो निस्किएपछि यात्रुहरूको भागाभाग भएको थियो । गाडीमा ३५ जना यात्रु सवार थिए । आगो लाग्नासाथ सबै यात्रुहरू तत्काल गाडीबाट उत्रिएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । यात्रुहरुले भागेर ज्यान जोगाएपनि कतिपय यात्रुको झोला जलेका छन् ।

आगोले बसको अधिकांश भाग जलेर नष्ट भएको छ । बसमा आगो लाग्न थालेपछि धरान उप–महानगरपालिकाको दमकल बोलाइएको थियो । ठूलो आगो दन्किएकाले दमकल आइपुग्दासम्ममा बस जलेर ध्वस्त भएको प्रत्यक्षदर्शी बताउँछन् । वायरिङ सर्ट भएर बसमा आगो लागेको अनुमान गरिएको छ । तर, आगलागीको यकिन कारण खुलेको छैन ।

यसअघि पनि भेडेटार मुनीको जङ्गलमा भारतीय नम्बर प्लेटको जिपमा आगो लागेको थियो । पछिल्लो समय गुडिरहेको गाडीमा आगो लाग्ने क्रम बढ्दै गएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!