- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका–१ सुकेपोखरीस्थित कोशी राजमार्गमा गुडिरहेको गाडीमा एक्कासी धुँवाको मुस्लो निस्किएपछि यात्रुुहरुको भागाभाग भएको छ । विराटनगरबाट धनकुटाको चुङमाङ्ग जाँदै गरेको टाटासुमो गाडी शनिवार राती करिब ८ बजे सुकेपोखरी पुग्दा धुँवाको मुस्लो निस्कएको हो ।

गुडिरहेको गाडीमा अचानक धुँवाको मुस्लो निस्किएपछि आत्तिएर यात्रुहरुको भागाभाग भएको गाडीमा सवार चुङमाङ्गका शिक्षक अनिल तिम्सिनाले बताए । ‘मरिमराउ परेको ठाउँमा विराटनगर गएर फर्कदै थियौं, सुकेपोखरीको देवीथान छेउमा आइपुगेपछि एक्कासी गाडीबाट वरीपरी सबै ढाक्ने गरी धुँवाको मुस्लो निस्कियो,’ शिक्षक तिम्सिनाले संगालोखबरसँग भने, ‘सबै आत्तिएर कोही ढोका, कोही झ्यालबाट हामफालेर भाग्यौं ।’

सडक वरीपरीको भाग नै कुइरीमण्डल हुँने गरी धुँवाको मुस्लो निस्किदा गाडीमा आगो लागेको ठानेर ज्यान जोगाउँन सबै भागेको तिम्सिना बताउँछन् । तर, गाडीमा आगो भने लागेको छैन । गाडी रोकेर चालक पनि भागेका थिए ।

करिब पाँच मिनेटसम्म अत्याधिक धुँवा निस्कदा सडक वरीपरी कुहिरो लागेजस्तो भएको यात्रुहरु बताउँछन् । डिजर्भ लगेको गाडीमा समस्या देखिएपछि यात्रुहरु अन्य गाडीमा चढेर घर फर्किएका छन् ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!