- संगालोखबर सम्बाददाता


धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले शनिवार धनकुटामा शक्ति प्रदर्शन गरेको छ । युवा संघले धनकुटाको त्रिवेणी स्कुलको प्राङ्गणमा आयोजना गरेको बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रमको अवसर पारेर बजारमा शक्ति प्रदर्शन गरेको हो ।

भेलालाई संवोधनका लागि नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेत आएका थिए । नेता बस्नेतको उपस्थितीमा धनकुटा बजारमा जुलुश प्रदर्शन गरियो । नेता बस्नेत आउँदै गर्दा युवाहरुले भेडेटारदेखि नै मोटरसाइकल र्याली प्रदर्शन गरेका थिए । सयौंको संख्यामा मोटरसाइकलसहित प्रदर्शन गरिएको हो ।

Advertisement

त्यस्तै, धनकुटा बजारमा पनि युवा संघ र एमालेको पक्षमा नारा लगाउँदै प्रदर्शन गरियो । उनीहरुले गठबन्धनको बिपक्षमा पनि नारा लगाए । जुलुशले धनकुटा बजारका विभिन्न भागको परिक्रमा गरेको थियो । जुलुशमा एमालेका सयौं नेता कार्यकर्ता सहभागि थिए ।

 

भिडियो…

फोटो/भिडियो: सन्तोष सुवेदी/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!