संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । धनकुटा र सुनसरीबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र नियन्त्रित औषधिसहित तीनजनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका–१ हिलेबाट स्थानीय २३ वर्षीय केवल तामाङ र २६ वर्षीय सुजन तामाङलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट स्पास्मो र ट्रामाडोल लगायतका नियन्त्रित औषधि बरामद भएको प्रहरीले जनाएको छ । लागूऔषध ओसारपसार गरी प्रयोग गर्ने साथै बेच्ने समेत गरेको सूचनाका आधारमा प्रहरीले निगरानी गरेको थियो ।

Advertisement

यसैगरी, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ बाट इटहरी–५ का २५ वर्षीय सञ्जीव रिजाललाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट १ ग्राम ५ मिलिग्राम ब्राउन सुगर बरामद भएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!