संगालोखबर

विराटनगर । विदेशबाट फर्किँदा अवैध रुपमा ल्याएको सुन सम्बद्ध धनीलाई नदिने उद्देश्यले अपहरणमा परेको नाटक गरेको आरोपमा प्रहरीले इलाम घर भएका एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा इलामको सूर्योदय–१४ घर भइ झापाको बिर्तामोडमा बस्दै आएका ३८ वर्षीय सूर्यबहादुर समाल मगर रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान ललितपुरको गोदावरी–६ सडक किनारमा एकजना घाइते लडिरहेको खबर प्रहरीले पाएको थियो ।

सामान्य चोट लागेको अवस्थामा भेटिएका उनलाई प्रहरीले प्राथमिक उपचारका लागि गोदावरी–६ को नमस्ते मेट्रो अस्पताल लगेको थियो । उनको कुरा गराइमा शंका लागेर अनुसन्धान गर्दै जाँदा अपहरणको नाटक गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत मंगलबार बिहान कतारबाट फर्किएका मगरले साथमा औंठी र ब्रासलेट गरी ७० ग्राम सुन ल्याएका थिए । उनले अरु कसैको भरिया भएर काठमाडौं उत्रिएपछि दिनुपर्ने थियो । राजस्व छली गरी ल्याएको सुनसँगै उनको साथमा एउटा लेनोभोको ल्यापटप, सामसङ कम्पनीको एक मोबाइल सेट र एउटा आइफोन थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण लगत्तै उनी सोही दिन १ बजेको सूर्य एयरलाइन्सको विमानमा झापाको भद्रपुर पुगेका थिए । सुन, ल्यापटप र मोबाइल सेट बिर्तामोड–५ स्थित घरमा लगेर लुकाए । साँझ साढे ६ बजेको बुद्ध एयरको विमानमा काठमाडौं फर्किए ।

आफूले आफैंलाई चोटपटक लगाइ गोदावरी–६ को नालामा गइ पल्टिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । शंका लागेपछि प्रहरीले इलाका प्रहरी कार्यालय बिर्तामोडको समन्वयमा उनको कोठाको खानतलासी गराएको थियो । मगरले कतारबाट भन्सार छली ल्याएको सुन बरामद भएपछि घटनाको वास्तविकता खुलेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!