- सन्तोष सुवेदी/संगालोखवर

धनकुटा । एमसीसीको विरोधमा सोमबार साँझ धनकुटा बजारमा मसाल जुलुश प्रदर्शन गरिएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले एमसीसी खारेज गर्न माग गर्दै मसाल जुलुश प्रदर्शन गरेको हो ।

Advertisement

हुलाकटोलस्थित कोशी ग्यास आसपास क्षेत्रबाट अनेरास्ववियू सम्बद्ध विद्यार्थीहरु हातमा मसाल बोकेर बजारमा निस्किएका थिए । उनीहरुले एमसीसी र आफ्नै पार्टी सहभागि भएको सरकारविरुद्ध पनि नाराबाजी गरे । एमसीसी चाहिदैन, देश बेच्न पाइदैन, नालायक सरकार मुर्दावाद जस्ता नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका छन् ।

जुलुश मदनचौकमा आएर कोणसभामा परिणत भयो । सभालाई सम्वोधन गर्दै अनेरास्ववियू (क्रान्तिकारी) का जिल्ला अध्यक्ष सीताराम थोक्लेनले एमसीसी राष्ट्रहित विपरित रहेको भन्दै खारेज गर्न माग गरेका छन् ।

उनले आगामी ११ गते एमसीसीका विषयमा अनेरास्ववियू (क्रान्तिकारी) ले धनकुटा बजारमा जनमत संग्रह गर्ने घोषणा पनि गरेका छन् । एमसीसीको पक्ष र विपक्षमा कति जनमत छ भन्ने बुझ्नका लागि जनमत संग्रह गर्न लागिएको अध्यक्ष थोक्लेनले बताए ।

जनमत संग्रहमा सहभागि भई आ–आफ्नो मत व्यक्त गर्न उनले सबैमा आग्रह पनि गरेका छन् ।

प्रदर्शनको भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!