संगालोखबर
मोरङको रतुवामाइमा प्रहरीको गोलीले घाइते भएका भारतको बिहारका भगीरथ हरिजन । उनीबाट बरामद भएको ब्राउन सुगर (दायाँ) ।

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–६ मा लागूऔषध ब्राउन सुगर कारोबारमा सक्रिय दुईजनालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । हिजो बेलुका प्रहरीको टोलीले उनीहरुमाथि गोली चलाएको हो ।

काठमाडौंबाट खटिएको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्यस क्रममा दुवैजनालाई पक्राउ गरेको थियो । प्रहरीको गोली लागेर श्यामसुन्दर खान मण्डल घाइते भएका छन् । मण्डलको दायाँ खुट्टामा १ राउन्ड गोली लागेको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै रहेका सप्तकोसी नगरपालिका–५ का श्यामप्रसाद निरौलालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ गर्न निगरानी गरिरहेका बेला प्रहरीमाथि आक्रमण प्रयास गरेपछि गोली चलाउनु परेको प्रहरीको दाबी छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले २१० ग्राम ७ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । यसअघि गत मंगलबार मोरङको रतुवामाइ नगरपालिका–६ मा लागूऔषध कारोबारी भारतको बिहार, किसनगन्जका भगीरथ हरिजनलाई पक्राउ गर्ने क्रममा पनि प्रहरीले गोली चलाएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!