संगालोखबर


विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेलीमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । रंगेली नगरपालिका–३ मा रहेको फर्निचर पसल र ग्यारेजमा आज बिहान आगलागी भएको हो ।

स्थानीय सृष्टि फर्निचर र अनिषा ग्रिल सटर उद्योगमा भएको आगलागीमा परी करिब ८० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

Advertisement

आगोले फर्निचर पसलका कुर्सी, सोफा तथा फर्निचर बनाउने औजारहरु जलेर नष्ट भएको छ । ग्यारेजमा आगलागी हुँदा विभिन्न सामग्री जलेको प्रहरीले जनाएको छ । रंगेली र कानेपोखरी नगरपालिकाका दमकल प्रयोग गरी प्रहरी र स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिइएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!