तमोर करिडोर सडक कालोपत्रे गर्ने कामले गति लिदैं, स्थानीय उत्साहित

धनकुटा । धनकुटाको मुलघाटदेखि पाँचथरको गणेश चोकसम्मको तमोर करिडोर सडक कालोपत्रे गर्ने कामले गति लिएको छ । तमोर नदी तटीय क्षेत्रमा निर्माण गरिएको ११२ किलोमिटर सडक कालोपत्रे गर्नका लागि अहिले धमाधम काम भइरहेको छ ।

पाँचथर र ताप्लेजुङलाई तराईसँग जोड्ने द्रुत मार्गको रुपमा रहेको यो सडक कालोपत्रेका लागि गत कात्तिक महिनामा ठेक्का सम्झौता गरी काम थालिएको हो ।

धनकुटाको मूलघाटदेखि पाँचथरको हाङसुवासम्म ६६ किलोमिटर क्षेत्रलाई पहिलो र हाङसुवादेखि गणेशचोकसम्म ४६ किलोमिटरलाई दोस्रो खण्ड मानेर सडक कालोपत्रे गर्ने काम भइरहेको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

error: Content is protected !!