विराटनगर । जुवा तास खेल्न प्रतिवन्ध छ । अझ, सरकारी कार्यालयमा जुवा तास खेल्नु त कानूनी रुपमा प्रतिबन्धित मात्र हैन, आफैमा असोभनीय कुरा पनि हो ।
तर, विराटनगर महानगरपालिकाको कार्यालयमा भने खुलेआम तास खेल्ने गरेको भेटिएको छ । महानगरको नगर प्रहरी शाखामा कार्यालय समय भित्रै शुक्रबार दिउँसो खुलेआम तास खेलिरहेको भेटिएको हो । नगर प्रमुख बस्ने भवनमै नगर प्रहरी शाखा छ । त्यही कोठामा रमित हेर्ने दर्शकसमेत बसेर दिउँसो करिब १२ बजे खुलेआम तास खेल्दै गरेको भेटिएको हो ।
यता, बिराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले तास खेल्नेहरु नगरका कर्मचारी नभई कामदार भएको दावी गरेका छन् । तास खेलिरहेको भेटिएपछि यो बिषयमा जिज्ञासा राख्दा उनले सुरुमा आफुलाई थाहा नभएको प्रतिक्रिया दिए । तास खेल्दै गरेको तस्वीर देखाएपछि मात्र उनले तास खेल्नेहरु महानगरको भवन मर्मत गर्ने कामदारहरु भएको दावी गरे ।
तास खेल्ने जोसुकै भएपनि कार्यालय परिषरभित्रको यो दृष्य असोभनीय र लज्जास्पद भएको सेवाग्राहीहरु बताउँछन् ।
भिडियो हेर्नुहोस्…