संगालोखबर


झापा । सुनजस्तो देखिने पहेँलो धातु देखाएर सर्वसाधारणलाई ठग्ने काममा सक्रिय एकजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–६ स्थित पशुहाटबाट ३० वर्षीय सञ्जीव शर्मालाई पक्राउ गरिएको हो ।

दमकका विभिन्न स्थानमा लाग्ने हाट बजारहरुमा गइ जेष्ठ नागरिक र महिलाहरुलाई पहेँलो धातु देखाएर ठग्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

Advertisement

त्यस क्रममा महिलाहरुले लगाएका सक्कली सुनका गहना र नगद लिने गरेको प्रहरीले जनाएको छ । सुनजस्तो देखिने पहेँलो धातु सुन नै हो भन्दै ढाँटेर उनले सट्टापट्टा गर्ने गरेका थिए ।

पक्राउ परेका मोरङको उर्लाबारी नगरपालिका–५ घर भएका शर्माबाट सुन जस्तो देखिने करिब ५६ ग्राम पहेँलो धातु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

लामो समयदेखि यसरी ठग्दै आएका ती व्यक्तिविरुद्ध प्रहरीमा उजुरीका साथै विभिन्न खालका सूचना आएको जनाइएको छ । आज झापा जिल्ला अदालतबाट ठगी कसुरमा म्याद थप गरी ठगी गर्ने व्यक्तिका सम्बन्धमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!