संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरबासीको मृत्यु हुँदा मलामीलाई खाजा खुवाउँन मृतकका परिवारलाई सहयोग गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक बर्षदेखि ‘मलामी खाजा सहयोग कार्यक्रम’ सुरु गरेर मृतकका परिवारलाई सहयोग उपलब्ध गराउँन थालेको हो ।

Advertisement

मृतकको परिवारलाई सहयोग पुर्याउँने उद्धेश्यले मलामीलाई खाजा खुवाउँन १० हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्न थालिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताए । ‘परिवारको सदस्य गुमाउँदा मृतकको परिवार शोकमा हुन्छ, आर्थिक अभावले थप समस्या पनि भइरहेको हुनसक्छ,’ मेयर नेपालले भने, ‘नगरबासीलाई समस्या परेका बेला सहायता पुर्याउँन मलामी खाजा सहयोग कार्यक्रम सञ्चालन गरी मृतकका परिवारलाई १० हजारका दरले सहयोग प्रदान गर्न थालेका छौं ।’

महालक्ष्मी नगरले यो कार्यक्रम अन्तर्गत पहिलो पटक महालक्ष्मी–६ की इन्द्रमायाँ सार्कीको मृत्यु हुँदा उनको परिवारलाई मलामी खाजा खर्च बापत १० हजार रुपैयाँ उपलब्ध गराएको छ । महालक्ष्मी नगरपालिकाकी उपमेयर मञ्जु अधिकारीले घरमै पुगेर समवेदना पत्रसहित मृतक इन्द्रमायाँका श्रीमान धनबहादुरलाई रकम प्रदान गरेकी हुन् ।

बिभिन्न रचनात्मक गतिविधि गर्दै आएको महालक्ष्मी नगरले अब हरेक नगरबासीको मृत्यु हुँदा मृतकका परिवारलाई सहयोग स्वरुप रकम प्रदान गरिने जनाएको छ ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!