सुनको मूल्य तोलामा १७ सय बढ्यो, कतिमा हुँदैछ कारोबार ?
विराटनगर । आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा एक हजार सात सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुन तोलामा एक लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज २...
























