संगालोखबर


विराटनगर । मोरङ उद्योग व्यापार सङ्घले स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धनका लागि उद्योगी कच्चा पदार्थमा लाग्ने कर हटाउन नेपाल सरकारसँग माग गरेको छ ।

नेपाल सरकारको अर्थ मन्त्रालय र मोरङ उद्योग व्यापार सङ्घको सहकार्यमा आज विराटनगरमा आयोजित ‘आर्थिक ऐन २०८२/०८३ तर्जुमा अन्तरक्रिया तथा सुझाव सङ्कलन’ कार्यक्रममा उद्योगीहरूले यस्तो माग गरेका हुन् ।

Advertisement

सङ्घका अध्यक्ष अनुपम राठीले विभिन्न देशबाट आयात हुने कच्चा पदार्थमा फरक-फरक भन्सार दर कायम भएको उल्लेख गर्दै त्यसमा एकरूपता ल्याउन सरकारलाई सुझाव दिए ।

उनले भारतबाट आयात हुने गहुँमा ५ प्रतिशत र तेस्रो मुलुकबाट आयात हुने गहुँमा १० प्रतिशत भन्सार दर कायम भएको उदाहरण दिँदै, यस्तो असमान नीति स्वदेशी उद्योगको हितमा नभएको बताए ।

राठीले पहुँचका आधारमा उद्योगहरूलाई दिइने अनुदानमा पनि भेदभाव रहेको भन्दै सबैलाई समान रूपमा अनुदान उपलब्ध गराउनुपर्ने धारणा राखे । स्वदेशी उद्योगलाई बढावा दिन मूल्य अभिवृद्धि कर प्रणालीलाई उद्योगमैत्री बनाउनुपर्नेमा समेत उनले जोड दिए ।

त्यस्तै, नेपालमा आयात हुने चिनीमा हाल कायम ३० प्रतिशत भन्सार दर घटाएर १५ प्रतिशतमा झार्न सुझाव दिँदै, राठीले कपडा उद्योग जस्ता श्रममुखी उद्योगलाई संरक्षण गर्न कर छुट आवश्यक रहेको धारणा राखे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!