संगालोखबर


विराटनगर । सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार एक हजार चार सय रुपैयाँ बढेर हालसम्मकै उच्च भएको सुनको मूल्यले आज छ सय रुपैयाँ बढेर पुनः नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला २० रुपैयाँले बढेको चाँदी आज १५ रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!