संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । आगामी बैशाख १७ र १८ गते लगानी सम्मेलन गर्न लागिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

रोजगारी सिर्जना तथा व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्नका लागि लगानी सम्मेलन गर्न लागिएको जनाइएको छ । लगानी सम्मेलनमार्फत कोशी प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न तथा सम्भावनाका नयाँ क्षेत्रहरू खोजी गरिने प्रदेश सचिव पवनकुमार तिमिल्सेनाले उल्लेख गरे ।

Advertisement

उनले उद्योगहरू स्थापनामार्फत पूँजी निर्माण, गरिबी निवारण र रोजगारी सिर्जना गर्नका लागि प्रेरित गर्ने उद्देश्य रहेको बताए । स्थानीय तह, सङ्घीय सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयमा लगानी सम्मेलनको तयारी अगाडि बढेको सचिवालयले जनाएको छ ।

लगानी सम्मेलनमार्फत प्रदेशमा लगानीको लागि आवश्यक स्रोतको सुनिश्चितता गरी औद्योगिकीकरणको वातावरण सिर्जना हुने दाबी गरिएको छ । प्रदेशमा स्वदेशी, निजी एवम् प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नवीनतम् प्रविधि तथा ज्ञान परिचालनका लागि यो सम्मेलनले आधार तय गर्ने जनाइएको छ ।

लगानी सम्मेलन विराटनगरस्थित वीरेन्द्र सभागृहमा गर्ने सचिवालयको तयारी छ । लगानी सम्मेलनमा विज्ञहरूको सहभागितामा समष्टिगत र विषयगत क्षेत्रका सत्रहरू सञ्चालन हुनेछन् । सम्मेलनमा आठवटा क्षेत्रका करिव ५४ वटा परियोजना सोकेसिङ हुने सचिवालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!