संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै बिहीबार र शुक्रबार गर्न लागिएको लगानी सम्मेलनको तयारी पूरा भएको जानकारी गराइएको हो ।

प्रदेश सरकारले लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आइटिलगायतका क्षेत्रहरू समावेश छन् ।

Advertisement

लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाका अनुसार लगानी सम्मेलनकै क्रममा दुई दर्जन बढी परियोजनामा भने सम्झौता हुने छ ।

प्रदेश सरकारले यी परियोजनाहरूलाई सफल बनाउन आठ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेको छ । जसबाट प्रदेशमा लगानी गर्दा आइपर्ने सम्पूर्ण झन्झटहरू अन्त्य हुने अपेक्षा गरिएको कोइरालाको भनाइ छ ।

लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुने उनले बताए । यस्तै स्वदेशका प्रतिष्ठित उद्योगपतिहरू पनि लगानी सम्मेलनमा सहभागी हुनेछन् ।

लगानी सम्मेलनमा कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावनाका विषयकमा छलफल हुनेछ ।

पहिलो दिनको मुख्य सत्रका रूपमा कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र तीन तहका सरकारबीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू र जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने बताइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!