संगालोखबर


विराटनगर । विराट ट्रेड फेयर सम्पन्न भएको छ । असोज २२ गतेबाट विराटनगरको जैन भवनमा सुरु भएको मेला आज सम्पन्न भएको हो । विराट व्यापार संघको आयोजना भएको मेलामा करिब २० करोड बराबरको कारोबार भएको छ ।

विराट व्यापार संघका अध्यक्ष प्रमोद अग्रवालले विराटनगरको बजार विगतको तुलनामा सुधार हुँदै गएको उल्लेख गरे । एक लाख मान्छेले मेलाको अवलोकन गर्दा २० करोड बराबरको कारोबार भएको अध्यक्ष अग्रवालले जानकारी दिए ।

मेला संयोजक श्यामप्रसाद पौडेलले विराट ट्रेड फेयर व्यापार मेलामा मात्र सीमित नभएर साना तथा मझौला व्यवसायलाई समेत चलायमान बनाउन सफल भएको जानकारी दिए ।

विराट ट्रेड फेयरमा १३० स्टल राखिएका थिए । तीमध्ये करिब १०० वटा व्यावसायिक स्टल थिए भने बाँकी ३० स्टलमा खाद्य संस्थान, दुग्ध विकास संस्थान (डीडीसी), जिल्ला प्रहरी कार्यालय मोरङलगायतका स्टल समावेश थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!